बुधबार, असार २, २०७८
प्रमुख समाचार राजनीति राष्ट्रिय

नेकपाको कार्यदल सचिवालयबाट अनुमोदन

भदौ १, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले पार्टीका अध्यक्षद्वयले गठन गरेको कार्यदललाई अनुमोदन गरेको छ।

अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा देखिएको विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए।तर उक्त कार्यदल सचिवायलबाट पारित हुनुपर्ने आवाज उठेपछि अध्यक्ष ओलीले बैठक डाकेका थिए।

अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीमा देखिएको विवाद समाधानका लागि बिहीबार महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाएको थियो । तर वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले सचिवालयबाट गठन वा अनुमोदन गर्नुपर्ने बताएका थिए ।

उक्त कार्यदललाई आजको सचिवालय बैठकले अनुमोदन गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

उक्त कार्यदलले विवाद समाधानका लागि तयार पार्ने प्रतिवेदन अध्यक्षद्वयसमक्ष प्रस्तुत गर्ने र त्यसपछि बैठकमा आउने थापाले जानकारी दिए।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू