मङ्लबार, जेष्ठ ४, २०७८
प्रमुख समाचार राजनीति

राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो बनाउने क्यामेरापर्सन पक्राउ

सम्पादित तस्विर/स्रोत : सामाजिक सञ्जाल, फेसबुक

भदौ २, काठमाडौं । मङ्गलबार दिउँसोदेखि युट्युबमा सार्वजनिक भएको गीतमा नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्य राखे पछि विवादित भएको गीतको छायाङ्कन गर्ने क्यामेरापर्सन पक्राउ परेका छन् ।

गीतमा नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्य भएको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको थियो । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले तत्कालै गलत भएको भन्दै प्रहरीसमक्ष उजुरीसमेत गरे । अपराध महाशाखा काठमाडौंको टोलीले सो गीतको छायाङ्कन गर्ने क्यामेरापर्सनलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिको परिचय र्सार्वजनिक भएको छैन ।

प्रहरीले भिडियोमा देखिएका थप व्यक्तिहरूलाई नियन्त्रणमा लिएर मुद्दा चलाउने एसएसपी थापाले बताउनुभयो । मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे तीन वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ । मङ्गोल हप अफिसियल नामक युट्युब च्यानलबाट सोमबार उक्त भिडियो अपलोड गरिएको थियो ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू