बुधबार, असार २, २०७८
प्रमुख समाचार राष्ट्रिय

राष्ट्रकवि घिमिरेको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि हुने

भदौ ३, काठमाडौं । १०१ वर्षको उमेरमा मंगलबार बेलुका निधन भएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको बुधबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि हुँदैछ।

यसैगरी, राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनमा प्रधानमन्त्री केपि शर्मा ओलीले शोक व्‍यक्त गरेका छन् ।

मंगलबार सामाजिक सञ्जाल ट्विटरमा शोक व्‍यक्त गर्दै भनेका छन्, ‘राष्ट्र कवि माधवप्रसाद घिमिरेको १०२ बर्षको उमेरमा आज दुःखद निधन भएको छ। उहाँको अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको छ। साहित्य मार्फत उहॉले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन्। शोकको यस क्षणमा म उहाँप्रति उच्च सम्मान र श्रद्धाञ्जलि व्यक्त गर्दछु ।साथै शोक सन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

देउवाबाट राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गरेका छन्।

देउवाले समाजिक सञ्जालमार्फत राष्ट्रकवि घिमिरेको निधनबाट आफू मर्माहित भएको बताएका छन्। उनले राष्ट्रकविको निधनसँगै नेपाली साहित्यको एउटा कालखण्डले पनि विदाई लिएको उल्लेख गरेका छन् ।

कुशे औँशीमा राष्ट्रकविका सन्तानले उनीप्रति विशेष सम्मानका साथ श्रद्धाञ्जली अर्पण 

त्यसअघि बुधबार बिहानै कुशे औँशी अर्थात बुवाको मुख हेर्ने दिन राष्ट्रकविका सन्तान तथा नातिनातिनाले उनीप्रति विशेष सम्मानका साथ श्रद्धाञ्जली अर्पण गरे।

६ छोरी र दुई छोरा मध्ये एकजना मात्रै विदेशमा छन्। सबै सन्तान र नातिनातिनाले बुधबार बिहान निवासमा गायत्री मन्त्र तथा गुरु मन्त्र वाचन गरी विशेष श्रद्धा सुमन अर्पण गरेका हुन् ।

बुधबार नै ८६ औँ जन्मदिन परेकी राष्ट्रकवी घिमिरेकी श्रीमती महाकालीसहितले कुशे औँशीमा विशेष रुपमा श्रद्धा अर्पण गरेका हुन्।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू