सोमवार, साउन ११, २०७८
प्रमुख समाचार स्वास्थ्य

काठमाडौं उपत्यकामा थप १५९ जनामा कोरोना पुष्टि

भदौ ३, काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा थप १५९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार काठमाडौँ उपत्यकामा १५९ जना नयाँ संक्रमित थपिएका हुन्। काठमाडौँ जिल्लामा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जना नयाँ संक्रमित थपिएका हुन् ।

मंगलबार काठमाडौँ उपत्यकामा २०५ जना संक्रमित थपिएका थिए ।

बुधबार देशभर ६८१ जनामा कोरोना पुष्टि भएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू