आइतवार, चैत्र २९, २०७७
उपत्यका प्रमुख समाचार स्वास्थ्य

उपत्यका ‘हटस्पट’ हुन सक्ने, १० हजार शय्याको आइसोलेसन केन्द्र बनाउन सिफारिस

भदौ ४, काठमाडौं । काठमाडौं जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले उपत्यका कोरोना संक्रमणको ‘हटस्पट’ बन्ने खतरा रहेको औंल्याउँदै थप आइसोलेसन केन्द्र बनाउन सिफारिस गरेको छ।

डीसीसीएमसीले संक्रमितको उपचार गर्न तत्काल १० हजार शय्याको आइसोलेसन केन्द्र बनाउन सिफारिस गरेको छ । अहिले कोरोना संक्रमितहरु बढीरहेको सर्न्दर्भमा संक्रमित व्यक्तिहरु घरमा गएर बस्न बाध्य भएको उल्लेख गर्दै काठमाडौं डीसीसीएमसीले आइसोलेसन केन्द्र थप बनाउन सिफारिस गरेको हो।

डीसीसीएमसीले राजधानीका थप ९ अस्पताल र एक आवास केन्द्रको संरचनालाई ‘कोभिड-१९’ डेडिकेटेड उपचार केन्द्र बनाउन पनि सिफारिस गरेको छ।

सीसीएमसीको सिफारिस गरेलगत्तै मंगलबार साँझ बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला सुरक्षा समितिको संयुक्त बैठकले भदौ १० गतेसम्म उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा आजबाट शुरु भईसकेको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू