बुधबार, असार २, २०७८
समाचार समाज र संस्कृति

बालबालिकाले कर्मबाबुको मुख हेरेर कुशे औंशी मनाए

भदौ ४, काठमाडौं । संयुक्त अपांग एकता आवाज केन्द्रका बालबालिकाले कुशे औंशी मनाएका छन् ।

भाद्र ३ गते कुशे औंशीको अवसरमा बालबालिकाले केन्द्रका अध्यक्ष तिल बहादुर कार्कीलाई पालनपोषण, शिक्षादिक्षा दिई कर्मबाबुको दायित्व निर्वाह गर्नु भएकोमा खुसि व्यक्त गर्दै कर्मबाबुको मुख हेरेर कुशे औंशी मनाए ।

सो अवसरमा केन्द्रका अध्यक्ष तथा समाजसेवी तिलबहादुर कार्कीले बालबालिकालाई टिका लगाएर, दक्षिणा सहित मिठाई वितरण गर्नु भएको थियो भनें बालबालिकाले कर्मबाबु समाजसेवी कार्कीलाई खादा लगाएर सम्मान गरेका थिए ।

कर्मबाबुको मुख हेर्ने कार्यक्रम पछि सामुहिक भोजन गरिएको थियो ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू