सोमवार, चैत्र ३०, २०७७
कोरोना प्रमुख समाचार स्वास्थ्य

काठमाडौँ उपत्यकामा २०० नयाँ सङ्क्रमित पुष्टि, नेपालमा कोरोनाले मृत्यु हुनेको सङ्ख्या १२६

भदौ ४, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका २०० जना नयाँ सङ्क्रमित पुष्टि भएका छन् । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अुनसार पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकाको तीन जिल्लामा २०० जना नयाँ सङ्क्रमितको पुष्टि भएको हुन् ।

मन्त्रालयले नियमित प्रेस ब्रिफिङको क्रममा काठमाडौं उपत्यकाको काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा आठ जना नयाँ सङ्क्रमित थपिएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा देशभरि ११ हजार ८३२ जनाको पीसीआर परीक्षण गरिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सङ्क्रमित निको हुने दर ६१ प्रतिशत रहेको बताउनुभयो ।

देशभरि पाँचसयभन्दा बढी सक्रिय सङ्क्रमित रहेको जिल्लामध्ये काठमाडौं उपत्यकामा काठमाडौं पनि एउटा जिल्ला हो ।
पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा थप एकजना सङ्क्रमित महिलाको मृत्युको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पर्सामा तीन, सप्तरी र मोरङमा एक एक गरी पछिल्लो चौबीस घण्टामा छ जना सङ्क्रमितको मृत्यु भएको छ । यस सँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १२६ पुगेको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू