आइतवार, चैत्र २९, २०७७
कोरोना प्रमुख समाचार राष्ट्रिय

देशभर थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि

भदौ ४, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा ७०७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । उनीहरुमध्ये १२६ जनाको मृत्यु भएको छ भने १७ हजार ९६४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा देशभरमा २६४ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ८३२ नमुना परीक्षण गरिएको थियो । आज काठमाडौं उपत्यकामा भेटिएका २०० जना संक्रमित मध्ये जसमध्ये १७४ जना काठमाडौं, १८ जना ललितपुर र ८ जना भक्तपुरका छन् ।

यस्तै सर्लाहीका ९३ जना, पर्साका ५५, धनुषा र अछामका ३१र३१ जना, कपिलवस्तुका ३०, मकवानपुरका २५, सिराहा र बझाङका २१र२१ जना, सप्तरी, कास्की र दैलेखका १९/१९ जना, रुपन्देहीका १८, रौतहट, बाँके र डोटीका १६/१६ जना, महोत्तरीा १५, सुनसरीका १३ जनामा संक्रमण पुष्टि भएको छ ।

तेह्रथुम र मोरङमका ९/९ जना, बारा र बाग्लुङका ८/८ जना, उपयपुर र दाङका ४/४ जना, नुवाकोट, नवलपुर र गुल्मीका ३/३ जना, दोलखा, धादिङ, तनहुँ, बर्दिया र डडेलधुराका २र२ जना तथा झापा, धनकुटा, काभ्रे, चितवन, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, स्याङ्जा , प्युठान, कालीकाट, जाजरकोट, रुकुम पश्चिम, सल्यान, सुर्खेत, कैलाली, दार्चुला र बैतडीका १/१ जनामा संक्रमण देखिएको छ ।

नेपालमा कोरोनाको जोखिम बढ्दै जाँदा कतै लकडाउन गरिएको छ भनें आजबाट १० गतेसम्मका लागि ७ दिन काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ ।

नेपालमा कोरोनाको जोखिम बढ्दै जाँदा कतै लकडाउन गरिएको छ भनें आजबाट १० गतेसम्मका लागि ७ दिन काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञालाई सफल बनाउन सुरक्षाकर्मीहरुले कडा निगरानी गरेका छन् भनें सयौं व्यक्तिहरुलाई निषेधाज्ञा उललंघन गरेकोमा होल्डिंग सेन्टरमा राखेर साँझ परे पछि मात्र छोडिने गरिएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू