शनिबार, जेष्ठ २९, २०७८
कोरोना प्रमुख समाचार स्वास्थ्य

अब विदेशबाट आउनेले सात दिन ‘होटल क्वारेन्टिन’मा अनिवार्य बस्नुपर्ने

भदौ ५, काठमाडौं । अब विदेशबाट आउनेले सात दिन होटल क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने भएको छ । सरकारले हवाई मार्गबाट आउनेहरुले काठमाडौं ओर्लेपछि सात दिनसम्म होटल क्वारेन्टिनमा बस्नैपर्ने मापदण्ड निर्धारण समेत गरेको छ । । अब सरकारले ‘चार्टर तथा उद्धार उडान’लाई पुनः सुचारु गर्ने छ ।

बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले हवाइ मार्गबाट स्वदेश आउने यात्रुका लागि मापदण्ड निर्धारण समेत गरेको छ । कुन होटलमा बस्ने भन्ने बुकिङ गरेर मात्र आउनुपर्नेछ । यसका लागि सरकारले होटलहरुको सूची प्रकाशित गरिनेछ । र, होटलमा बस्दाको खर्च व्यक्ति स्वयंले व्यहोर्नुपर्ने छ ।

विदेशबाट आउनेहरुको सूची त्यस देशमा रहेको दूताबासले तोकेबमोजिम हुनेछ । एकदिनमा बढीमा तीनवटा फ्लाइटसम्म मात्रै सरकारले उडान अनुमति दिने गरी मन्त्रिपरिषदले मापदण्ड तोकेको छ । यो निर्णयसँगै माग भएका ठाउँहरुको उडान तालिका बनाएर चार्टर फ्लाइट सुरु हुनेछ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू