बुधबार, असार २, २०७८
प्रमुख समाचार विश्व

पुटिनका कट्टर आलोचक अलेक्सी नभाल्नी कोमामा

भदौ ५, काठमाडौं । रुसी राष्ट्रपति पुटिनको कडा आलोचक विपक्षी नेता अलेक्सी नभाल्नी कोमामा गएका छन् । उनलाई विष खुवाएको आशंका गरिएको छ ।

मस्कोबाट अम्स्क फर्किने क्रममा उनको अवस्था गम्भीर भएपछि विमान ओम्स्कमा आपतकालीन रुपमा अवतरण गर्नु परेको थियो । उनलाई विष दिइएको हुनसक्ने उनका प्रवक्ताले बताएका छन् । नभाल्नीका समर्थकहरुले विमानस्थलको क्याफेमा उनलाई चियामा विष हालेर दिइएको हुनसक्ने आशंका गरेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक नभाल्नी रुसको ओम्स्क सहरस्थित एक अस्पतालमा कोमामा रहेको र उनको जीवन रक्षाको निम्ति प्रयास गरिरहेको चिकित्सकहरुले बताएका छन् । भ्रष्टाचार विरोधी अभियन्ताको छवि बनाएका ४४ वर्षीय नभाल्नी रुसी राष्ट्रपति पुटिनको विरोध गरेकोमा कैयौँ पटक जेल परेका थिए ।

यसैबीच जर्मनी र बेलायतले नभाल्नीको स्वास्थ्य र उनलाई विष खुवाइएको भन्ने समाचारप्रति चासो व्यक्त गरेका छन् । जर्मन चान्सलर एङ्गेला मर्केलले नभाल्नीको उपचारमा सघाउने बताएकी छन् । नभाल्नीलाई लिन रुस जानका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा रहेको जनाइएको छ ।

राष्ट्रपति पुटिनका प्रवक्ताले पनि नभाल्नीको शीघ्र स्वास्थ लाभको कामना गर्दै उनलाई विदेश लैजान अनुमति दिइने बताएका छन् ।यसैगरी बेलायतका विदेशमन्त्रीले नभाल्नीलाई विष खुवाइएको भन्ने समाचारले आफूलाई चिन्तित बनाएको बताएका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू