आइतवार, जेष्ठ ३०, २०७८
कोरोना प्रमुख समाचार स्वास्थ्य

नेपालमा संक्रमित संख्या ३० हजार नाघ्यो, आज थप ८३८ कोरोना संक्रमण

भदौ ५, काठमाडौं । नेपालमा आज ८३८ जनामा कोरोना संक्रमण भेटिएसँगै संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । पछिल्लो २४ घण्टामा ८३८ जनामा कोरोना संक्रमण भएको छ । जसमध्ये उपचारपछि निको भएर १८ हजार २१४ जना डिस्चार्ज भएका छन् । शुक्रबारमात्र २५० जना डिस्चार्ज भएका मन्त्रालयले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार शुक्रबार सबैभन्दा धेरै काठमाडौं उपत्यकामा १४२ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै कैलालीमा ८५ जना, पर्सामा ८०, जुम्लामा ५३ जना, मोरङमा ४५, बारामा ४०, अछाममा ३८, डोटीमा ३४, मकवानपुरमा ३२, सुनसरीमा २९ जना, ललितपुरमा २५, सर्लाही २४, चितवनमा २३, बाँकेमा २० जना संक्रमित देखिएका छन् ।

नवलपरासी पूर्वमा १९, रुपन्देही १७, सिरहा १६, भक्तपुरमा १५, कञ्चनपुरमा १४ जना, जना, रौतहटमा ११, सिन्धुलीमा ८, झापामा ७, बर्दिया र प्युठानमा ६र६ जना, सप्तरीमा ५ जना, इलाम र दाङमा ४र४ जना, धनुषा, बागलुङ, रुकुम पश्चिम र बैतडीमा ३र३ जना रहेका छन् । उदयपुर, नुवाकोट, मनाङ, कपिलवस्तु र डडेल्धुरामा २र२ जना संक्रमित थपिएका छन् । ताप्लेजुङ, पाँचथर, पर्वत, कास्की, स्याङ्जा, गुल्मी, अर्घाखाँची, पाल्पा, रोल्पा, रसुवा, दोलखा, धादिङ, कालीकोट, दैलेखमा १/१ जना रहेका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू