भदौ ५, काठमाडौं । कोरोना भाइरसले पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । यो संख्या एक दिनमा कोरोना संक्रमणले मृत्यु भएको सबैभन्दा बढी हो। अहिलेसम्म एकमहिला र दश पुरुषको भाइरसका कारणले मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण भई मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।
त्यसरी मृत्यु हुनेमा काठमाडौं, ललितपुर, चितवन, मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, मकवानपुर, दोलखा र प्यूठानका एक एकजना सङ्क्रमित रहेका छन् ।
कोरोनाभाइरस सङ्क्रमित थप मृत्यु हुनेहरुमा बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा उपचाररत दुई जना कोभिड-१९ सङ्क्रमित बिरामी रहेका छन् । यसैगरी पाटन अस्पतालमा एक महिला र एक पुरुष गरी २ जनाको मृत्यु भएको छ ।
विराटनगरमा होम आइसोलेसनमा रहेका व्यक्तिको मृत्यु भएको छ । यसैगर प्यूठानका कोरोना संक्रमितको बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
Add Comment