सोमवार, साउन ११, २०७८
कोरोना प्रमुख समाचार राष्ट्रिय स्वास्थ्य

आज ६३४ सङ्क्रमित थपिए, बालिकासहित चौबीस घण्टामा नौ जना कोरोना सङ्क्रमितको मृत्यु

भदौ ६, काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा नौ जना कोरोनाभाइरस सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सुनसरी, पर्सा, बारा, सिरहा, मकवानपुर र भक्तपुर गरी छ जिल्लाका नौ जनाको मृत्युको पुष्टि भएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४६ पुगेको मन्त्रलायले जनाएको छ ।

नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ६३४ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३१ ह्जार ११७ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा १२ हजार ५१९ जनाको पीसीआर परीक्षण गरिएको बताउनुभयाे । सङ्क्रमितमध्ये १८२ जना महिला र ४५२ जना पुरुष रहेको मन्त्रलायले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा १३६ जना सङ्क्रमित निको भई घर फर्केका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू