सोमवार, साउन ११, २०७८
प्रमुख समाचार राजनीति

नेकपा कार्यदलले प्रतिवेदन बुझायो

भदौ ६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्पन्न विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । प्रतिवेदन सर्वसम्मत तयार भएको छ ।

शनिबार कार्यदलका सदस्यहरूले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराउनुभयो ।

कार्यदलमा संयोजक विष्णुप्रसाद पौडेल र सदस्यहरू शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल गरी छ जनालाई जिम्मेवारी तोकिएको थियो ।

केन्द्रीय कमिटीले तोकेको समय आगामि चैतमा नै महाधिवेशन गर्ने गरी कार्यतालिका तय गर्ने र सैद्धान्तिक तथा विवादित सबै विषय त्यहींबाट टुंगो लगाउने सुझाव पनि प्रतिवेदनमा छ । यस्तै, कोरोना संक्रमणको अवस्था सहज भएपछि केन्द्रीय कमिटीको बैठक बोलाउने सुझाव कार्यदलले दिएको छ ।

कार्यदलका ती सदस्यका अनुसार सरकारको कामको मूल्याङ्कन र मन्त्रिमण्डल हेरफेर तथा प्रदेश र स्थानीय सरकारको काम प्रभावकारी बनाउने सुझावमा संघीय मन्त्रीपरिषद् र प्रदेश सरकारमा केही हेरफेरको विषय छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू