बिहिबार, साउन १४, २०७८
कोरोना प्रमुख समाचार राष्ट्रिय स्वास्थ्य

उपत्यकामा अहिलेसम्मकै धेरै सङ्क्रमित, स्थिती बिग्रदै जानसक्ने विज्ञको चेतावनी

भदौ ७, काठमाडौं । काठमाडौ।मा कोरोना संक्रमितहरु बढीरहेका छन् । शनिबार उपत्यकामा अहिलेसम्मकै धेरे संक्रमितहरु देखिए । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २१६ जना कोरोना भाइरस सङ्क्रमित देखिएका छन् । काठमाडौँमा १६०, ललितपुरमा छ र भक्तपुरमा ५० गरी २१६ जनामा सङ्क्रमण देखिएको हो ।

शुक्रबार १७२ जनामा कोरोना देखिएकोमा शनिबार यो सङ्ख्या ह्वात्तै बढेको हो । शनिबार देशभर १८२ महिला र ४५२ पुरुष गरी कुल ६३४ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

कोरोना संक्रमितहरु हरुको संख्या बढ्न थाले पछि सरकारले १० गते सम्मका लागि एक हप्ता निषेधाज्ञा जारी गरे पनि काठमाडौंंमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्न सकेको छैन । जनस्वास्थ्यविद्ले काठमाडौंंमा कोरोनाले जटिल रूप लिन सुरु गरिसकेको चेतावनी दिएका छन् ।व्यवस्थापकीय कमजोरीका कारण काठमाडौंँ उपत्यका लगायतका स्थानमा कोरोना सङ्क्रमित बढिरहेको आरोप उनीहरूको छ ।

भियतनाम, थाइल्यान्ड, कम्बोडिया, लाओस जस्ता देशमा नयाँ सङ्क्रमित शून्य भई विद्यालय, कलेज सञ्चालन हुन थालेको सर्न्दर्भमा कुनै बेला नेपालमा कोरोना संक्रमण कम हुनुलाई नेपाल सरकारको सफलता र नेपालीको इम्युनिटि पावर बलियो भएको रुपमा अर्थ्याउने प्रयास गरिए पनि अहिले कोरोना संक्रमणको स्थिती दु्रत रुपमा बढीरहेको सर्न्दर्भमा सरकारमाथी जनस्तरबाट आक्रोश बढ्न सक्ने देखिएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू