बुधबार, असार २, २०७८
प्रमुख समाचार स्वास्थ्य

कोरोना उपचार गर्ने अस्पतालहरुको वर्गीकरण खारेज

भदौ ८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड उपचारका लागि वर्गिकरण गरेर तयार गरेको तीन तहको वर्गिकरणलाई खारेज गर्ने निर्णय गरेको छ । मन्त्रालयमा आइतबार मन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको इन्सिडेन्ट कमाण्ड सेन्टरका पदाधिकारीसहित कोभिड-१९ रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको बैठकले अस्पतालहरुको वर्गीकरण खारेज गर्ने निर्णय गरेको हो ।

उक्त निर्णय अनुसार हालसम्म कार्यान्वयनमा रहेको कोभिड अस्पतालको लेभल एक, दुई र तीनलाई खारेज गरी सबै अस्पताललाई कोभिड-१९ को बिरामी उपचारमा सूचिकृत अस्पताल हुने भएका छन् । यस्तै ती अस्पतालहरुले अब कोभिडका बिरामीहरुको चिकित्सकीय अवस्था तथा सेवाको उपलब्धताका आधारमा उपचार वा रेफर गर्न पाउनेछन् ।

अस्पतालहरुको तीन तहमा वर्गीकरण गर्दा अस्पतालले मनोमानी रुपमा माथिल्लो अस्पतालमा रेफर गर्ने गरे पछि त्यसलाई रोक्न सबै उपचार सकेसम्म भर्ना भएकै अस्पतालबाट हुने गरी व्यवस्था मिलाउन मन्त्रालयले अस्पतालहरुको वर्गीकरण खारेज गरेको हो । अस्पतालहरुको वर्गीकरण हुँदा तल्लो तहका अस्पतालले कोरोनाको विरामीको उपचार नगरी माथि रेफर गर्ने प्रचलन बढेको थियो ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू