शनिबार, जेष्ठ २९, २०७८
कोरोना प्रमुख समाचार स्वास्थ्य

उपत्यकामा कोरोना सङ्क्रमण बढ्यो, निषेधाज्ञा अवधि थप हुन सक्ने

भदौ ९, काठमाडौं । बन्दाबन्दी खुलेपछि देशव्यापी रूपमा तीव्र गतिमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको सङ्ख्या अझै बढ्दो क्रममा रहेको छ । कोरोना बढ्दै जाँदा एक हप्ताको लागि लगाईएको विषेधाज्ञा पनि बढ्ने संभावना रहेको छ ।

यसैगरी उपत्यका नगरपालिका मेयर फोरमले स्थानीय तहले दिने अत्यावस्यक बाहेकका सबै सेवा भदौ १५ गते सम्म बन्द गर्ने निर्णय गरेको छ । उपत्यका मेयर फोरमको सोमबार काठमाडौंमा बसेको बैठकले काठमाडौं उपत्यकामा कोभिड १९ संक्रमणको अवस्था अझै कम नभएकाले अत्यावस्यक बाहेकका सबै सेवा बन्द गर्ने यस अघिको निर्णयलाई भदौ १५ गते सम्म निरन्तरता दिने निर्णय गरे पछि निषेधाज्ञा पनि कम्तिमा १५ गतेसम्म लम्बिने अनुमान गरिएको छ।

बन्दाबन्दी अघिसम्म काठमाडौं उपत्यकामा छिटफुट रुपमा देखापरेको कोरोना पछिल्ला केही दिनमै दुई सयभन्दा बढीको सङ्ख्यामा बढेको छ । सोमबार मात्र उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या २२४ पुगेको छ । एकै दिनमा उपत्यकामा बढेको यो उच्च सङ्ख्या हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार उपत्यकामा थप २२४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये काठमाडौँमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना नयाँ सङ्क्रमित पुष्टि भएका छन् ।

कोरोना संक्रमणको स्थिती उपत्यकामा व्यापक भए पछि स्वास्थ्य विज्ञले विषेधात्रा बढाउन सुझाव दिन थालेका छन् । एकातिर निषेधाज्ञाले जनजीवन कठिन हुँदै गएको छ भनें अर्को तिर उपत्यकामा बढ्दो संक्रमण पछि सामाजिक सञ्जालमा पनि निषेधाज्ञा बढाउन माग हुन थालेको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू