बुधबार, असार २, २०७८
कोरोना प्रमुख समाचार स्वास्थ्य

उपत्यकामा थप २३२ जना संक्रमण पुष्टि, देशभरमा ८५५ जना नयाँ सङ्क्रमित

भदौ ९, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३२ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा उपत्यकासहित देशभरमा कोरोना भाइरसका ८५५ जना नयाँ सङ्क्रमित पुष्टि भएका छन् । थप सङ्क्रमितमा २७१ महिला र ५८४ जना पुरुष रहेका छन् ।

मंगलबार भएको मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्कमा पछिल्लो चौबीस घण्टामा दश हजार ४५३ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा कुल सङ्क्रमितको सङ्ख्या ३३ हजार ५२३ पुगेको हो । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ३१३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ ।

सङ्क्रमित वृद्धि हुँदै गर्दा निको हुने दर भने अहिले विस्तारै घट्दै गएको छ । हाल सङ्क्रमित निको हुने दर ५७ प्रतिशतमा झरेको छ ।

क्वारेन्टिनमा अहिले दशहजार ४५३ जना रहेका छन् ।

सातजनाको मृत्यु 

नेपालमा २४ घण्टामा सातजनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या १६४ पुगेको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू