बुधबार, असार २, २०७८
समाचार सुशासन

हाम्रो नेपाल सुशासन अभियानबाट सरकारलाई ध्यानाकर्षण

भदौ ९, काठमाडौं । रमेश खरेल नेतृत्वको हाम्रो नेपाल सुशासन अभियानले समसामयिक तीनवटा विषयमा सरकारको ध्यानाकर्षण गराएको छ। झण्डा जलाएको, कोरोना संक्रमण र उपचार तथा किसानलाई मल उपलव्ध नभएको अवस्थाबारे अभियानले ध्यानाकर्षण भएको जनाएको छ।

राष्ट्रिय झण्डा मातृभुमी जत्तिकै प्रिय र सम्मानको विषय भएको भन्दै यसलाई जलाउने काममा संलग्न र तीनका नाइकेहरुलाई कडा भन्दा कडा कारबाही गर्न माग गरिएको छ।

यसैगरि कोरोना संक्रमण परिक्षणमा देखाइएको खर्च वास्तविक भन्दै बढी रहेको भन्दै भष्ट्रचार भएको आशंका अभियानले गरेको छ। कोरोना संक्रमणविरुद्ध खटिरहेका स्वास्थ्यकर्मीप्रति भइरहेको दुर्व्यवहार, कोरोनाको उपचारमा प्रयोग भइरहेको ‘रेमेडेसिभिर’ को कालोवजारीदेखि पर्याप्त आइसोलेसन वार्ड र सम्भावित संक्रमितको पहिचानमा सरकार तथा स्थानीय निकायबाट भइरहेको ढिलासुस्तीबारे पनि आफ्नो ध्यानाकर्षण भएको खरेलद्धारा जारी विज्ञप्तीमा उल्लेख छ।

यस्तै किसानलाई मल उपलव्ध नभइरहेको भन्दै त्यसलाई सम्बोधन गर्न सरकारसँग माग गरिएको छ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू