बुधबार, असार २, २०७८
प्रमुख समाचार सुशासन

प्रधानमन्त्री ओलीका सल्लाहकार राजन भट्टराई विवादमा

नेपाल-भारत प्रबुद्ध समूहका तत्कालीन सदस्य राजन भट्टराईले चिनिया दुतावासबाट पनि सहयोग लिएको देखियो

भदौ १०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई चीनले १५ लाख रुपैयाँ दिएर नेपाल-भारत सम्बन्धबारे ‘रिसर्च’ गर्न लगाएको एक अध्ययनले खुलासा गरेको छ।

‘ग्लोबल वाच एनलाइसिस’ले सन् २०१७ को अक्टोबरमा नेपालस्थित चिनियाँ दूतावासमा भट्टराईले पेश गरेको प्रोपोजलको प्रमाणसमेत प्रकाशित गरेको छ।अनुसन्धानका लागि भन्दै चिनियाँ दुतावासबाट २०७४ असोज ३१ गते भट्टराईले चिनियाँ दुतावासबाट रकम लिइएको खुलेको हो । रकम लिएको दस्तावेजमा भट्टराई आफैले हस्ताक्षर गरेका छन् ।

दुई पृष्ठको दस्तावेजमा भट्टराईले दुवै पेजमा हस्ताक्षर गरेका छन् । यो प्रोजेक्टको कोअर्डिनेटर भट्टराईकी श्रीमती गीता रहेकी छिन् । नेपाल-भारत प्रबुद्ध समूहकै सदस्यलाई चीनले कसरी आफ्नो पक्षमा लिएको थियो भनेर उक्त लेखमा प्रकाश पार्न खोजिएको छ।

‘ग्लोबल वाच एनलाइसिस’ले सन् २०१७ को अक्टोबरमा नेपालस्थित चिनियाँ दूतावासमा भट्टराईले पेश गरेको प्रोपोजलको प्रमाणसमेत प्रकाशित गरेपछि नेपाल-भारत प्रबुद्ध समूहकै सदस्यलाई चीनले कसरी आफ्नो पक्षमा लिएको थियो भनेर उक्त लेखमा प्रकाश पार्न खोजिएको छ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू