शनिबार, बैशाख ४, २०७८
प्रमुख समाचार स्थानीय समाचार स्वास्थ्य

गोकर्णेश्वर प्राथमिक अस्पतालका सम्पूर्ण सेवाहरु ३ दिन बन्द हुने

भदौ १०, काठमाडौं । गोकर्णेश्वर प्राथमिक अस्पतालका सेवाहरु ३ दिन बन्द हुने भएको छ । अस्पतालमा कार्यरत स्वाथ्यकर्मीहरुको कोरोना जाँच गर्नु पर्ने भएकोले प्राथमिक स्वास्थ्य केन्द्रका सम्पूर्ण सेवाहरु बन्द गरिने भएको छ ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ ‘गोकर्णेश्वर प्राथमिक अस्पतालमा कार्यरत कर्मचारीहरुको कन्ट्याक्ट ट्रेसिंग र पीसीआर टेस्टिंग गर्नु पर्ने र उक्त अस्पताल परिसरमा सुरक्षा सावधानी अपनाउनु पर्ने हुँदा उक्त अस्पतालबाट प्रवाह गरिने सम्पूर्ण सेवाहरु मिति २०७७ भदौ १० गतेबाट २०७७ भदौ १२ गते सम्म बन्द गरिएको’ बताईएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू