मङ्लबार, जेष्ठ ४, २०७८
उपत्यका कोरोना प्रमुख समाचार स्वास्थ्य

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियो

भदौ १०, काठमाडौं । काठमाडौं उपत्यकामा एक साताको लागि आज (भदौ १० गते) सम्मका लागी जारी भएको निषेधाज्ञा एक साता थपिएको छ । अघिल्लो पटक एक साताको लागि जारी भएको निषेधाज्ञा बुधबार राती १२ बजेपछि सकिदै थियो ।

बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको तीन जिल्ला काठमाडौं, भक्तपुर र लतिलपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा एक साताको लागि थप्ने निर्णय गरेको हो ।

काठमाडौं, भक्तपुर र लतिलपुरका प्रमुख जिल्ला अधिकारीले मंगलबार तीन जिल्लाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर, स्वास्थ्य कार्यालयका प्रमुखहरुसँग छलफल गरेका थिए ।

बुधबार बिहानै काठमाडौं, भक्तपुर र लतिलपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकवाट निषेधाज्ञा एक साता थप्ने निर्णय भएको हो । अब भदौ १७ गते रातको १२ बजेसम्म तीनैवटा जिल्लामा निषेधाज्ञा लागू हुनेछ ।

उपत्यकामा संक्रमणको दर बढेसँगै निषेधाज्ञा समेत समय भदौ १७ गतेसम्म बढाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो । सोमबार उपत्यका नगरपालिका फोरमको बैठकले समेत भदौ १५ सम्म निषेधाज्ञा थप्न प्रमुख जिल्ला अधिकारीहरुलाई आब्हान गरेका थिए ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू