बुधबार, असार २, २०७८
प्रमुख समाचार स्थानीय समाचार

गोरु काटेको अभियोगमा पक्राउ गर्दा झापामा स्थानीय र प्रहरीबीच झडप

प्रतिकात्मक तस्विर

भदौ ११, काठमाडौं । गोरु काटेको अभियोगमा पक्राउ परेका २ जनालाई विर्तामोडतर्फ ल्याउँदै गर्दा स्थानीय र प्रहरीबीच झडप भएपछि झापामा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको झापा गाउँपालिकामा स्थानीय र प्रहरीबीच झडप हुँदा बुधबार दिउँसो सशस्त्र प्रहरीले गोली चलाएको थियो ।

प्रहरीको गोली लागेर स्थानीय ३८ वर्षका रसिकुल आलमको मृत्यु भएको सशस्त्र प्रहरी बलका डीआईजी राजु अर्यालले अनलाइनखबरलाई बताए । गोरु काटेको अभियोगमा पक्राउ परेका २ जनालाई विर्तामोडतर्फ ल्याउँदै गर्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।

२ सय भन्दा बढीको भीडले प्रहरीलाई आक्रमण गरेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको हो ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू