बुधबार, असार २, २०७८
प्रमुख समाचार सुशासन स्थानीय समाचार

पुजारी हत्याको विरोधमा हुने प्रदर्शन रोक्न गृहको गोप्य सर्कुलर, स्थानीय नागरिक आक्रोशित

भदौ ११, काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका-२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी हत्या प्रकरणमा गृह मन्त्रालयले प्रहरी र प्रशासनलाई पुजारी हत्याको विरोधमा हुने प्रदर्शन रोक्न पठाएको गोप्य सर्कुलर बाहिरिएको छ ।

मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले नेपाल प्रहरीका प्रमुख महानिरीक्षक शैलेश थापा क्षेत्री र सबै जिल्ला प्रशासन कार्यालयलाई पठाएको गोप्य पत्रमा पुजारीको हत्याको विरोधमा हुने प्रदर्शन रोक्न निर्देशन दिइएको छ ।

चार दिन अघि सम्प्रेषित पत्रमा पुजारी श्रीराम साहको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै विरोध प्रदर्शन र ज्ञापन पत्र बुझाउने जस्ता कार्य भएको बताउँदै विभिन्न जिल्लाहरुमा हुनसक्ने ‘अवाञ्छित गतिविधि’ रोक्न भनिएको छ । पुजार हित्या भएको एक हप्तासम्ममा पनि अपारधकी पक्राउ गर्न नसकेको सरकारले प्रदर्शन रोक्न पठाएको गोप्य सर्कुलर बाहिरिए पछि स्थानीय जनता आक्रोशित भएका छन् ।

गत ३ भदौमा राति खाना खान बसेका बेला पुजारी साहको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए । प्रकरणको एक साता वितिसक्दा पनि प्रहरीले अनुसन्धानमा कुनैै महत्वपूर्ण सफलता हात पार्न नसकेको भन्दै अहिले नागरिकले विरोध जनाइरहेका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू