आइतवार, चैत्र २९, २०७७
कोरोना प्रमुख समाचार

आज काठमाडौँ उपत्यकामा ४१५ जना सङ्क्रमित, बनेपामा एउटै वडाका १०३ सङ्क्रमित

भदौ १२, काठमाडौं । उपत्यकामा कोरोनाभाइरसका ४१५ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा बढी काठमाडाैँमा ३५० जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा काठमाडौंमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा दश हजार २२९ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ । चौबीस घण्टामा १६९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । बिहीबार काठमाडौं उपत्यकामा ३७७ जना सङ्क्रमित पुष्टि भएको थियो ।

बनेपामा एउटै वडाका १०३ सङ्क्रमित

काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं। १३ मा मात्र १०३ जनामा कोरोना सङक्रमण पुष्टि भइसकेको छ । काभ्रेपलाञ्चोकमा कुल २२२ सङक्रमितमध्ये उक्त वडामा शुक्रबारसम्ममा १०३ मा सङक्रमण पुष्टिको हो ।

शुक्रबार जिल्लामा २९ जनामा सङक्रमण पुष्टि भएकोमा २८ जना वडा न १३ कै रहेका थिए । स्पाइनल इन्जुरी अस्पताल र सङघीय प्रहरी कार्यालय बागमतीको कार्यालय रहेको उक्त क्षेत्रमा सङक्रमणको दर बढ्दो छ ।

वडाले उक्त क्षेत्र सिल गरेको भए पनि पर्याप्त सुरक्षा विधि नअपनाउँदा सङक्रमण दर बढ्दो रहेको छ । इस्पानल इन्जुरी अस्पतालका ६८ जनामा सङक्रमण पुष्टि भएको छ । त्यस्तै सङघीय प्रहरीका १९ जना, अस्पतालका सम्पर्कमा रहेका १२ जना र अन्य चारमा सङक्रमण पुष्टि भएको छ । योसँगै बनेपा नगरपालिकामा मात्र १२६ जनामा सङक्रमण पुष्टिको बनेपा नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

आज देशभरमा १२ जनाको मृत्यु

नेपालमा २४ घण्टामा सङ्क्रमित चार महिलासहित १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुने १९५ पुगेको छ । नेपालमा कुल सङ्क्रमितको अनुपातमा मृत्यु हुने प्रतिशत शून्य दशमलब ५३ प्रतिशत पुगेको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू