मङ्लबार, जेष्ठ ४, २०७८
कोरोना प्रमुख समाचार

वीरगन्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

भदौ १३, काठमाडौं । पछिल्लो समय कोरोनाको केन्द्र बन्दै आएको वीरगन्जमा आज थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना महिला पनि रहेको बताइएको छ ।

मृत्यु हुने मध्ये वीरगन्ज महानगरपालिका-१२ निवासी ६५ वर्षीया महिला, वीरगन्ज-१२ निवासी ४३ वर्षीय पुरुष र वीरगन्ज-२२ मनियारीका ३७ वर्षीय पुरुष रहेका छन् ।

नारायणी अस्पतालका अनुसार संक्रमित ३७ वर्षीय एक पुरुषलाई गए राति ११ बजेर ४१ मिनेटमा थप उपचारका लागि वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालबाट काठमाडौं रिफर गरिएको र उनको काठमाडौं लैजाँदै गर्दा आज बिहान मुग्लिङमा मृत्यु भएको छ । यस्तै शुक्रबार साँझ ५ बजे वीरगन्ज-१२ निवासी ६५ वर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भएको छ ।

त्यसैगरि वीरगन्ज-१२ का ४३ वर्षीय संक्रमितको गए राति १२ बजे उपचारको क्रममा वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा मृत्यु भएको छ । उनी यस अघि हेपाटाइटीस बी र एचआईभी एड्सका बिरामी थिए ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू