आइतवार, चैत्र २९, २०७७
कोरोना प्रमुख समाचार

आज ८८४ जना सङ्क्रमित पुष्टि, देशभरमा ३७ हजार ३४० पुग्यो

भदौ १३, काठमाडौं । नेपालमा ८८४ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप २४२ महिला र ६४२ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ५१६ नमुना परीक्षण गर्दा २४२ महिला र ६५२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ । उनीहरुमध्ये २०७ जनाको मृत्यु भएको छ भने २० हजार ५५५ जना कोरोनामुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ अनुसार नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १६ हजार ५७७ रहेका छन् । होम आइसोलेसनमा छहजार ४४५ र संस्थागत आइसोलेसनमा १० हजार १४५ रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३१३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५५ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २० हजार ५५५ पुगेको छ ।

विदेशबाट फर्केका अधिकांश क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू आठ हजार ३५ रहेका छन् ।

काठमाडौं उपत्यकामा १८६ जना संक्रमित थपिएका छन् । काठमाडौंका १५५ जना, ललितपुरका १९ जना र भक्तपुरका १२ जनामा संक्रमण पुष्टि भएको हो ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू