शनिबार, बैशाख ४, २०७८
कोरोना प्रमुख समाचार

आज थप ८९९ सङ्क्रमितसहित देशभरमा कुल ३९ हजार ४६० पुग्यो

भदौ १५, काठमाडौं । नेपालमा ८९९ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप ३०३ महिला र ५९६ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार १२९ जनाको आरटी पीसीआर परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३९ हजार ४६० पुगेको जनाइएको छ ।

पछिल्लो २४ घण्टामा ५८८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५४ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २१ हजार ४१० पुगेको छ ।

विदेशबाट फर्केका अधिकांश क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू सात हजार ३३७ रहेका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू