सोमवार, साउन ११, २०७८
प्रमुख समाचार विश्व

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन, राष्ट्रपति भण्डारीद्वारा दु:ख व्यक्त

भारतका पूर्व राष्ट्रपति स्व. प्रणव मुखर्जी

भदौ १५, काठमाडौं । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । उहाँका छोरा अभिजित मुखर्जीले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्नुहुँदै बुवाको निधनको सूचना सार्वजनिक गर्नुभएको छ । उहाँ पछिल्लो तीन सातादेखि उपचारको क्रममा अस्पतालमा भर्ना हुनुभएको थियो ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार पूर्ब राष्ट्रपति मुखर्जिको भारतको राजधानी नयाँ दिल्लीस्थित एक अस्पतालमा उपचारको क्रममा सोमबार अपराह्न देहान्त भएको हो । ८४ वर्षीय मुखर्जी आफ्नो राजाजी मार्गस्थित निवासमा लड्न पुग्नुभएको थियो । मस्तिष्कमा रगत जमेपछि ८४ वर्षीय मुखर्जीको मस्तिष्कको शल्यक्रिया गर्नुपरेको थियो । साउन २७ गते उहाँको मस्तिष्कको शल्यक्रिया गरिएको थियो । त्यसयता उहाँको स्वास्थ्य अवस्थामा सुधार देखिएको थियो । तर सोमबार बिहान अचानक उहाँको स्वास्थ्य अवस्था गम्भीर हुन पुगेको उपचारमा संलग्न चिकित्सकहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको थियो ।

राष्ट्रपति भण्डारीद्वारा दु:ख व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको आज भएको दु:खद निधनबाट आफू मर्माहत भएकाे बताउनुभएकाे छ । आज एक वक्तव्य जारी गर्दै राष्ट्रपति भणडारीले भन्नुभएकाे छ, ‘नेपाली जनता, नेपाल सरकार तथा मेरो व्यक्तिगततर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।’ उहाँको निधनबाट नेपालले एक असल मित्र गुमाएको वक्तव्यमा उल्लेख गर्नुभएकाे छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू