शनिबार, बैशाख ४, २०७८
कोरोना प्रमुख समाचार

वरिष्ठ डा. भोला रिजाल र काठमाडौं महानगरपालिकाका मेयरलाई पनि कोरोना संक्रमण

भदौ १५, काठमाडौं । वरिष्ठ डा. भोला रिजाल र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पनि कोरोना संक्रमण देखापरेको छ । डा. रिजालले आफू र श्रीमतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । डा. रिजाल अहिले ह्याम्स हस्पिटल, धुम्बाराहीको आइसोलेसनमा रहनुभएको छ । उहाँमा सामान्य लक्षण देखा परेको छ ।

यसैगरी मेयर विद्यासुन्दर शाक्यलाई कोरोना सङ्क्रमण देखा परेको काठमाडाैँ महानगरपालिकाका प्रेस विज्ञ माेहन बास्ताेलाले बताउनुभयाे । दुई दिनअघि स्वाब दिएका उहाँलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । मेयर शाक्यलाई कोरोना सङ्क्रमणको कुनै लक्षण नदेखिएको बताइएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू