मङ्लबार, जेष्ठ ४, २०७८
कोरोना प्रमुख समाचार

कोरोना संक्रमण भई मृत्यु हुने बढ्दै, निषेधाज्ञा लम्ब्याउने तयारी

भदौ १७, काठमाडौं । नेपालमा कोरोना भाइरसका कारणले मृत्यु हुने संख्या दिनानु दिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ ।

यसरी हिजो (मङ्गलबार) सम्ममा भाइरसका कारणले मृत्यु हुनेको सङ्ख्या २३९ पुगेको छ । नेपालमा अहिले कोरोनाको कारण हुने मृत्युदर शून्य दशमलब ५९ प्रतिशतमा उक्लेको छ ।

निषेधाज्ञा खुकुलो बनाउन माग 

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको छ । यस सम्बन्धी निर्णय आज (बुधबार) हुने भएको छ । यही भदौ ३ गते बुधबारबाट जारी एक साता लामो निषेधाज्ञा १३ गतेबाट पुनः थप गरी १७ गते बुधबारसम्म पुर्‍याइएको थियो ।

उद्योग तथा व्यापार व्यवसायीले निषेधाज्ञा खुकुलो पार्नुपर्ने माग गरेका छन् । काठमाडौँ उपत्यकामा भने कोरोना सङ्क्रमण प्रतिदिन बढ्दै गएको छ ।

स्थानीय जनप्रतिनिधि तथा नगरप्रमुख, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले भने निषेधाज्ञा कडा गर्नुपर्ने सुझाव दिएका छन् । स्वास्थ्य तथा सुरक्षा मापदण्डको पूर्ण पालना गर्नेगरी केही व्यवसाय सञ्चालन गर्न दिने र निषेधाज्ञा एक साता थप्ने विषयमा छलफल गरिएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू