मङ्लबार, जेष्ठ ४, २०७८
प्रमुख समाचार स्वास्थ्य

उपत्यकामा स्वास्थ्यकर्मीका लागि निःशुल्क बस सेवा

भदौ १७, काठमाडौं । उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि निःशुल्क बस सेवा सञ्चालन गरिएको छ । नेपाल स्काउट, चिकित्सक संघ र हिसानको सहकार्यमा स्वास्थ्यकर्मीका लागि निःशुल्क बस सेवा सञ्चालन गरिएको हो ।

पछिल्लो समय कोरोना संक्रमण को संख्या अत्याधिक बढेको र करिब २ सातादेखि उपत्यकामा लगाइएको निषेधाज्ञालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीका लागि अस्पताल आवतजावत गर्न निःशुल्क बस सेवा सुरु गरिएको हो ।

स्वास्थ्यकर्मीका लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने अभियानमा नेपाल नेशनल अस्पताल कलङ्की, रोटरी क्बल अफ काठमाडौँ हेल्थ प्रोफेसनल्सको पनि सहकार्य छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू