शनिबार, बैशाख ४, २०७८
कोरोना प्रमुख समाचार स्वास्थ्य

कोरोना संक्रमण धेरै भएका १२ जिल्ला

भदौ १७, काठमाडौं । नेपालमा कोरोना संक्रमणको संख्या तिव्र रुपमा बढीरहेको छ । संक्रमितहरु मध्ये ७० प्रतिशत भन्दा धेरै व्यक्तिहरु १२ जिल्लाका रहेका छन् ।

संक्रमितको संख्या दिनहुँ वृद्धि भइरहँदा दर्जन जिल्लामा नियन्त्रण चुनौती देखिएको छ भनें संघीय राजधानी काठमाडौंलगायत १२ जिल्लामा समुदाय तहमै कोरोना संक्रमण फैलिसकेको विज्ञले बताउन थालेका छन् , तर सरकारले औपचारिक रुपमा घोषणा गरिसकेको छैन ।

अहिले काठमाडौंलगायत चार जिल्लामा १ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । १२ जिल्लामा मात्र देशभरका कुल संक्रमितमध्ये ७३ प्रतिशत छन् । अहिले झन्डै ९६ प्रतिशत संक्रमित स्थानीय भएको तथ्यांकले देखाएको छ।

काठमाडौंमा कुल संक्रमितको संख्या ४ हजार ९ सय १५ पुगेको छ । काठमाडौं पछि पर्सामा २ हजार ३ सय १० पुगेका छन् । अन्य प्रमुख संक्रमित जिल्लामा मोरङ, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, बारा, रूपन्देही, कपिलवस्तु, बाँके, दैलेख, कैलालीलगायत छन् ।

१२ जिल्ला कोरोनाको हटस्पट नै भईसकेकोले यि जिल्लाहरुमा कोरोना संक्रमण नियन्त्रण प्रभावकारी नभए अन्य जिल्लाहरुमा पनि संक्रमणको स्तर विकराल बन्न सक्ने देखिएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू