मङ्लबार, जेष्ठ ४, २०७८
उपत्यका कोरोना प्रमुख समाचार

काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा थप, केही सेवाका लागि खुकुलो व्यवस्था

भदौ १७, काठमाडौं । काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा थप गरिएको छ, तर अघिल्ला हप्ताहरुमा भन्दा निषेधाज्ञा केही खुकुलो बनाइएको छ। अब भदौ २४ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको छ  ।

भदौ ३ गतेदेखि १० गतेसम्मका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाईएकोमा फेरी एक हप्ता थप गरी आज (भदौ १७ गते) सम्म थप गरिएको थियो । आजबाट तेस्रो पटक फेरि एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी बुधबार साँझ एकै व्यहोराको निषेधाज्ञाको आदेश जारी गरेका छन् ।

निषेधाज्ञा पहिलेको भन्दा खुकुलो बनाइएकोले अब निषेधाज्ञामा विहान ११ बजेसम्म खाद्यवस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछारमासु, बिक्री गर्ने पसल खोल्न पाइनेछ । औषधी र पानीको पसल भने दिनभर खोल्न पाइनेछ ।

त्यस्तै हवाई उडानबाट विदेश जानेहरुले पासपोर्ट, भिसा, स्वीकृत हवाई टिकट हुनेहरु सिधै एयरपोर्ट जाने सवारी साधनलाई पनि चल्न दिनेछ । तर पीसीआर परीक्षण सुविधा नभएको ठाउँबाट आउनेहरुले भने काठमाडौंमा सुरक्षित रुपमा बस्ने स्थानको सुनिश्चितता र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस अनिवार्य पेश गर्नुपर्नेछ ।

त्यस्तै विकास निर्माणसँग सम्बन्धित पसल दिउँसो २ देखि राति ९ बजेसम्म खुल्ने भएको छ । छोटो दूरीको ढुवानीका लागि प्रयोग हुने सवारी साधन पनि दिउँसो २ देखि ९ बजेसम्म चल्न पाउनेछन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू