बुधबार, असार २, २०७८
प्रमुख समाचार स्थानीय समाचार

बाग्लुङमा बाढीले १० घर बगायो, १२ जना बेपत्ता 

भदौ १८, काठमाडौं । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका-९ मा बाढी बस्तिमा पसेर घर बगाउँदा १२ जना बेपत्ता भएका छन् ।

सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगेका छन् । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको स्थानीयले बताएका छन् ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङका अनुसार अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा करिब १२ जना सम्पर्क विहीन भएका छन् ।

रातिको समयमा खोला उर्लेर आउँदा कति क्षति भयो र कति बेपत्ता भए भन्ने यकिन हुन सकेको छैन  । उद्दारको काम भइरहेकोछ ।

यसैगरी सकुरदुङको सरस्वती आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि र बोबाङका तीनवटा जलविद्युत आयोजना र तीन वटा झोलुङ्गे पुलसमेत बगेको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू