आइतवार, चैत्र २९, २०७७
प्रमुख समाचार राजनीति

नेपाली कांग्रेस प्रचार विभागमा विमल ठकुरी सहित ४८ सदस्य मनोनित

भदौ १८, काठमाडौं । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा काठमाडौं क्षेत्र नं. ३ का युवा नेता, नेपाली कांग्रेसका महासमिति सदस्य विमल ठकुरी सहित ४८ सदस्य मनोनित भएका छन् । बुधबार सभापति शेरबहादुर देउवाले विभाग विस्तार गर्ने क्रममा ठकुरी पनि समावेश भएका हुन्।

सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ ९९० बमोजिम प्रचार विभागमा सदस्यहरु मनोनित गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसको सूचना, सन्चार तथा प्रचार विभागमा डा। सुरेश आचार्य उपप्रमुख र दिनेश थापा मगर सचिव छन् ।

 

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू