सोमवार, चैत्र ३०, २०७७
प्रमुख समाचार राजनीति

आजको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्रीबारे निर्णय गर्न सक्ने

भदौ १९, काठमाडौं । आजको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्रीबारे निर्णय गर्न सक्ने संभावना रहेको आकलन गरिएको छ । ६ महिना बिना सांसद अर्थमन्त्री बनेका युवराज खतिवडाको शनिबार कार्यसमय अवधि सकिँदैछ। अर्थमन्त्रीबारे निर्णय आजै हुने बारेमा पुष्टि नभए पनि अर्थमन्त्री युवराज खतिवडाको शनिबार कार्यसमय अवधि सकिने भएकोले आजको बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकले अर्थमन्त्रीबारे निर्णय गर्न सक्ने छ।

सत्तारुढ नेकपाका नेता बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय बिहीबारको पार्टी सचिवालय बैठकले गरेको थियो। शुक्रबारको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्रीबारे टुंगो लगाइने बुझिएको छ।

उनको ठाउँमा अब को आउँछ भन्ने चासो बढेको छ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू