सोमवार, साउन ११, २०७८
प्रमुख समाचार राजनीति

मन्त्री खतिवडाले राजिनामा दिने

भदौ १९, काठमाडौं । अर्थ तथा सञ्चारमन्त्री डा। युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले शुक्रबार साँझ नै राजीनामा दिने घोषणा गरेका हुन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालय बैठकमा बिहीबार प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यमा रिक्त एक सिटमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णयमा पुगेको सुनाएका थिए ।

राष्ट्रियसभाको एक सिटमा गौतमलाई सिफारिस गरेपछि खतिवडाको संसद सदस्य हुने बाटो तत्कालका लागि बन्द भएको छ । त्यससँगै उनले मन्त्री पदबाट राजीनामा दिनुपर्ने अवस्था आएको हो । उनले अपरान्हसम्म राजीनामा दिने बताइएको छ ।

मन्त्रिपरिषद बैठकमा मन्त्री खतिवडाले आफ्नो कार्यकालमा गरेको कामको विवरण प्रस्तुत गरेका थिए ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू