मङ्लबार, जेष्ठ ४, २०७८
कोरोना प्रमुख समाचार स्वास्थ्य

कोरोनाको कारण थप १४ जनाको मृत्यु, नेपालमा कुल मृत्यु हुने संख्या २७१

भदौ १९, काठमाडौं । नेपालमा कोरोना भाइरसका कारणले मृत्यु दर बढ्दाे छ । पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएकाे छ । चारजना महिलासहित १४ जनाकाे कोरोना सङ्क्रमणका कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभएकाे हाे ।

काठमाडाैंमा ८२, ६७ र २२ वर्षीया महिला र चितवनमा ३५ वर्षीया महिलाकाे काेराेनाकाे कारणले मृत्यु भएकाे छ । यस्तै, सप्तरीमा ५५ र ५५ वर्षीय पुरुष, धनुषा ६५, कास्की ३१, नवलपरासीमा ३७, प्युठानमा ५८, रूपन्देहीमा ७८, पाल्पामा ६३ र सुर्खेतमा ४२ वर्षीय पुरुषकाे मृत्यु भएकाे छ । यसरी भाइरसका कारणले मृत्यु हुनेको सङ्ख्या २७१ पुगेको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू