आइतवार, चैत्र २९, २०७७
प्रमुख समाचार राजनीति विश्व

युएनमा भारतीयको नाम आतंकवादीको रुपमा जोड्न खोज्ने पाकिस्तानको प्रयास विफल

भदौ १९, काठमाडौं । पाकिस्‍तानले पछिल्लो समयमा संयुक्‍त राष्‍ट्र संघमा दुइ जना भारतीयको नाम आतंकवादीको रुपमा जोड्न खाेजे पनि पाकिस्तानको प्रयास विफल भएको छ ।

लामो समयदेखि इश्लामिक आतंकवादको केन्द्र बनेको पाकिस्तानले भारतीय हिन्दुहरुलाई पनि आतंकवादीको रुपमा सूचिमा नाम राख्न चाहेको भए पनि संयुक्‍त राष्‍ट्र सुरक्षा परिषद्का पाँच स्थायी सदस्यहरुले पाकिस्तानको प्रस्तावलाई खारेज गरिदिएका छन् ।

इश्लामिक आतंकवादसँग जोडिएर बदनाम भएको पाकिस्तानले हिन्दुनामलाई आतंकवादीको सूचिमा पारेर हिन्दुहरुलाई बदनाम गर्ने प्रपोगाण्डा चलाउन चाहेको भारतीय लोकप्रिय सञ्चारमाध्यम जि न्यूजको अनलाईन समाचारमा बताईएको छ ।

पाकिस्तानले संयुक्‍त राष्‍ट्र सुरक्षा परिषदको 1267 अलकायदा प्रतिबन्ध समितिमा आतंकवादी घोषित गर्नका लागि अंगारा अप्पाजी र गोविन्द पटनायकको नाम पठाएको थियो ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू