बुधबार, असार २, २०७८
प्रमुख समाचार राजनीति

अर्थमन्त्री खतिवडाद्वारा पदबाट राजीनामा

भदौ १९, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए ।

मन्त्रालयका एक उच्च अधिकारीका अनुसार खतिवडाले वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफुले जिम्मेवारी सम्हालेको भन्दै जग बसाल्न सफल भएको प्रतिक्रिया दिएका छन् । वित्तीय संघीयतामा शून्यबाट अगाडि बढेको र आधार बनाउनु पर्ने समय भएकाले बढी नै चुनौती रहेको अर्थमन्त्री खतिवडाको भनाइ थियो ।

नेकपा भित्रको राजनीतिक शक्ति संर्घष पछि चर्को दवावमा परेका प्रधानमन्त्रीले आफूलाई मनपरेको अर्थमन्त्री डा. युवराज खतिवडालाई जोगाउन सकेनन् । यसले ओली अब राजनीतिक रुपमा नेकपा भित्रै कमजोर भएका र मन्त्रीपरिषद पर्ून गठन गरी बलियो बन्ने प्रयास गर्ने विश्लेषण हुन थालेको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू