मङ्लबार, जेष्ठ ४, २०७८
कृषि प्रमुख समाचार

मलको ठेक्का सम्झौता रद्द, धरौटी जफत

२१ भदौं, काठमाडौं । तोकिएको समयमा रासायनिक मल आपूर्ति गर्न नसकेपछि कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र मल्टिप्रपोज कम्पनीसँग भएको ठेक्का सम्झौता रद्द गरेको छ ।

शैलुङ इन्टरप्राइजेज र हानोको मल्टिप्रपोज कम्पनीसँग भएको ठेक्का सम्झौता रद्द गर्दै धरौटी जफत गर्ने निर्णय गरिएको छ। शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेजले प्रतिमेट्रिक टन ३२०.२५ डलरमा मल ल्याउने ठेक्का हात पारेको थियो भने र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीले ३९०.९० डलरमा मल ल्याउने भनेको थियो ।

भदौ २० गते सम्ममा मल ल्याउनु पर्ने समयवधी सकिए पछि आज दुइ कम्पनीमाथी कारवाही गर्दै ठेक्का सम्झौता रद्द भएको हो।

ठेक्का सम्झौता अनुसार रासायनिक मल नल्याउने दुई नेपाली ठेकदारलाई कालो सूचीमा राखिने भएको छ । प्रचण्डका घरबेटीसमेत रहेका ठेकदार शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीलाई कालो सूचीमा राख्न सिफारिस गरिने र कानुनबमोजिम क्षतिपूर्ति भराईने कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू