शनिबार, बैशाख ४, २०७८
प्रमुख समाचार विकास

थानकोट-सिस्नेखोला सुरुङमार्ग निर्माणको काम हुँदै

भदौ २२, काठमाडौं । थानकोट-नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु भएको छ। शिलान्यास भएको झन्डै एक वर्षपछि राजधानी भित्रिने मुख्य नाकामा सुरङमार्ग निर्माणको काम अगाडी बढेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक २४ गते उक्त सुरुङमार्गको शिलान्यास गर्नुभएको थियो।

विभिन्न समस्या र अवरोधलाई समाधान गर्दै मुलुककै ‘ड्रिम प्रोजेक्ट’का रूपमा उक्त सुरुङमार्गको निर्माण कार्य सुरु भएको छ । काठमाडौँ र धादिङ दुवैतिरबाट एकैसाथ सुरुङमार्गको निर्माण सुरु गरिएको छ । मुआब्जा विवाद र विस्फोटक पदार्थ आपूर्तिका लागि नेपाली सेनाले अनुमति नदिँदा निर्माण सुरु हुन सकेको थिएन।

करिब २.७ किलोमिटर लम्बाइको सुरुङमार्गको चौडाइ करिब १२ मिटर र उचाइ आठ मिटर हुनेछ।

सुरुङमार्ग निर्माणकार्य निर्धारित समयमा नै सकिने गरी कामलाई तीव्रता दिइने निर्माण पक्षले जनाएको छ । कोरोना सङ्क्रमणबीचमा पनि दूरी कायम गर्दै करिब दुई सय जना जनशक्ति निर्माण कार्यमा खटिने छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू