बिहिबार, साउन १४, २०७८
कोरोना प्रमुख समाचार

नेपालमा थप ९७९ जनामा कोरोना पुष्टि, उपत्यकामा ३२६ जनामा सङ्क्रमण

भदौ २२, काठमाडौं । नेपालमा कोभिड-१९ का ९७९ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको पीसीआर परीक्षणबाट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको सङ्ख्या ४७ हजार २३६ पुगेकाे हाे ।

प्रवक्ता डा. गौतमले निको हुन दर ६५ प्रतिशत पुगेको र हालसम्म ३० हजार ६७७ जना कोभिड-१९ सङक्रमित निको भएर घर फर्केका छन् । पछिल्लो चौबीस घण्टामा एकहजार ७३६ जना निकाे भएका छन् ।

आइसाेलेसनमा १६ हजार २५९ रहेका छन् । क्वारेन्टिनमा चारहजार ७३९ जना सङ्क्रमित रहेका छन् ।

पछिल्लो चौबीस घण्टामा ११ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा तीनसय जनाकाे काेराेना भाइरसका कारण मृत्यु भएकाे छ । पछिल्लो विवरणअनुसार, मृत्यु हुनेमा चार महिला र सात पुरुष छन् ।

उपत्यकामा ३२६ जनामा सङ्क्रमण

काठमाडौं उपत्यकामा कोभिड-१९ का ३२६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा ३२६ जना सङ्क्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । थपिएका नयाँ सङ्क्रमितमध्ये काठमाडौंमा १०२ महिला र १९१ पुरुष, ललितपुरमा सात महिला र १३ पुरुष तथा भक्तपुरमा छ महिला र सात जना पुरुष छन् ।

मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा नौ हजार २१८ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा एक हजार ७३६ जना सङ्क्रमित निको भई घर फर्केका छन् । निको हुने कुल सङ्क्रमितको ६५ प्रतिशत हो ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू