बुधबार, असार २, २०७८
प्रमुख समाचार विश्व

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफ भगौडा घोषित

भदौ २५, काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफलाई विशेष अदालतले भगौडा घोषित गरेको छ । ट्रेजरी हाउस मामलामा अदालतले गरेको फैसलामा लगातार अनुपस्थित रहने गरेका सरीफलाई अदालतले भगौडा घोषित गरेको हो ।

स्वास्थ्य समस्या देखाउँदै नवाज सरीफ गत वर्ष लण्डन गएका थिए । अदालतले उनलाई धेरै पटक अदालतमा पेश हुन आदेश गरे पनि उनी स्वास्थ्य उपचारका लागि बस्न परेको भन्दै पाकिस्थान फर्केर अदालतमा पेश हुनबाट बच्दै आएका थिए ।

अदालतले भगौडा घोषित गरे पछि अब उनी पाकिस्तान फर्किएमा एयरपोर्टबाटै गिरफ्तार हुनेछन् । स्वास्थ्य उपचारका लागि सरीफलाई लण्डन पठाउन भूमिका खेल्ने परिवारका सदस्यहरुमाथी पनि कानूनी प्रक्रिया अनुसार कारवाही अगाडी बढाउन अदालतले संकेत दिएको समेत सञ्चारमाध्यमहरुले जनाईएका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू