आइतवार, चैत्र २९, २०७७
प्रमुख समाचार विश्व

फाइटर जेट रफाल भारतीय वायुसेनामा सामेल

भदौ २५, काठमाडौं । अत्याधुनिक फाइटर जेट रफाल भारतीय वायुसेनामा सामेल भएको छ । आज रफाललाई औपचारिक रुपमा भारतीय वायुसेनामा सामेल गरिएको छ । रफाललाई भारतीय वायुसेनामा सामेल गर्ने कार्यक्रममा सर्वधर्म प्रार्थना पनि गरिएको थियो ।

भारतीय रक्षा मन्त्री राजनाथ सिंह र फ्रान्सका रक्षा मन्त्री फ्लोरेन्स पार्ली अम्बाला एयरबेस पुगेर रफाललाई भारतीय वायुसेनामा औपचारिक सामेल गर्ने कार्यक्रमममा सरिक भएका छन् । फ्रान्सका रक्षा मन्त्री रफालको इन्डक्सन कार्यक्रमका मुख्य अतिथि रहेका छन् ।

यस ऐतिहासिक क्षणमा सीडीएस जनरल विपिन रावत र वायु सेना प्रमुख आरकेएस भदौरिया पनि उपस्थित भएका छन् । रफाल भारतीय वायुसेनामा १७ औं स्क्वाड्रन, “गोल्डन ऐरो” को हिस्सा बनेको छ । आज भारतीय वायुसेनाको वेडामा ५ वटा रफाल समावेश गरिएका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू