आइतवार, चैत्र २९, २०७७
प्रमुख समाचार राजनीति

आज नेकपा स्थायी कमिटी बैठक बस्दै

भाद्र २६, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको भोलि बस्ने बैठकको तयारी पूरा भएको छ। पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्ययनका लागि तयार पारिएको प्रस्ताव स्थायी कमिटीका सदस्यहरूलाई समेत पठाइसकिएको छ।

अध्यक्षद्वय ओली र प्रचण्डले स्थायी कमिटीका सदस्यलाई पठाउनुभएको प्रस्तावमा पार्टी एकताको महत्वलाई आत्मसात् गर्ने, पार्टीमा पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, पार्टी एकताका बाँकी काम सम्पन्न गर्नुपर्ने उल्लेख छन् । त्यस्तै एकताको राष्ट्रि्रय महाधिवेशन आयोजना गर्ने, सरकारको काम, संसदीय दलको भूमिका, प्रदेश सरकार र स्थानीय तहको भूमिका प्रभावकारी बनाउने प्रस्ताव गरिएको छ ।

नेपालको सीमा समस्या र समाधान सम्बन्ध, कोभिड-१९ महामारीको रोकथाम, नियन्त्रण, उपचार र आर्थिक पुनरुत्थान गर्ने, बाढी पहिरोद्वारा सिर्जित प्राकृतिक विपत्तिको सामना गर्ने, शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने, प्रतिष्ठानको व्यवस्थापन तथा सञ्चालन विधि निश्चित गर्ने र मिलेनियम च्यालेन्ज कम्प्याक्ट सम्झौताका सम्बन्धलगायतका विषयमा स्थायी समितिको बैठकको छलफलको प्रस्तावमा समेटिएको छ।

मन्त्रिपरिषद् पुनर्गठन, राजनीतिक नियुक्तिका सम्बन्धमा योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुने गरी मापदण्ड निर्धारण गर्ने विषय समेत छलफलमा प्रस्तावित छ ।

प्रतिवेदनप्रति नेपाल असहमत

नेकपामा पार्टीका दुई अध्यक्षले स्थायी समिति बैठकमा पेस गर्ने साझा प्रस्तावमा वरिष्ठ नेता माधव नेपालले आलोचनात्मक टिप्पणी गर्ने भएका छन् । प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, संघदेखि प्रदेशसम्मका मन्त्रिमण्डल पुनर्गठन गर्ने र राजनीतिक नियुक्ति पार्टीभित्रको छलफलका आधारमा मात्रै गर्नेलगायत विषयमा साझा प्रस्ताव तयार पारेका छन् ।

यस्तै कतिपय वैचारिक राजनीतिक पक्षका विवादलाई एकता महाधिवेशनमा लगेर टुंगो लगाउने समझदारीका साथ साझा प्रस्ताव तयार पारेपछि नेता नेपालले प्रस्तावमाथि आलोचनात्मक टिप्पणी गर्ने भएका हुन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू