आइतवार, चैत्र २९, २०७७
उपत्यका कोरोना प्रमुख समाचार

निषेधाज्ञा खुकुलो, अवज्ञा गर्नेविरुद्ध कारबाही हुने

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार सरकारबाट जारी स्वास्थ्य तथा सुरक्षा मापदण्ड नअपनाउने तथा निर्णयको कार्यान्वयन नगर्ने जोकोहीलाई कारबाही हुने छ। दाहालका अनुसार १९ बुँदे क्रियाकलाप र निषेध गरिएका आठ बुँदे निर्णयविरुद्धका गतिविधि बन्द गरी सङ्क्रमण रोग नियन्त्रण कानुन अनुसार कारबाही हुने छ। 

भदौ २६, काठमाडौं । काठमाडौँ उपत्यकामा जारी तीन हप्ता लामो निषेधाज्ञा खुकुलो भई बिहीबारबाट राजधानीमा चहलपहल बढेको छ। निजी तथा सार्वजनिक सवारी साधनहरू सञ्चालनमा जोर-बिजोर लागू गरिएसँगै सडकमा सवारीको चाप केही बढेको छ भने व्यापार व्यवसाय तथा पसल खुलेका छन्।

निषेधाज्ञा खुकुलो भएसँगै मापदण्ड उल्लङ्घन गर्नेविरुद्ध कारबाही सुुरु भएको छ। स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना नगर्ने सवारीमा सवारी यात्रु झार्नेदेखि चालकलाई कारबाही गर्न थालिएको छ।

कोरोना सङ्क्रमण महामारी भयावह बन्न सक्ने खतराका कारण कतिपय व्यापार, व्यवसाय र पसलहरू खोल्न तथा सञ्चालन गर्न साताको बार र निश्चित समय तोकिए पनि अधिकांश व्यवसाय खुलेपछि कोरोना सङ्क्रमणको त्रास बढेको छ।

काठमाडौँ उपत्यकाको भित्री बस्ती, टोल र गल्लीका प्रायः सबै किराना पसल तथा व्यवसाय खुलेका छन्। पसल तथा व्यवसाय नियमित रूपमा खुलेसँगै सर्वसाधारणको चहलपहल बढेको छ।

निषेधाज्ञा खुकुलो भएको पहिलो दिनमा नै जिल्ला प्रशासन कार्यालयबाट जारी निर्देशनको पूर्ण पालना भएको देखिँदैन। पसलहरूले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन सकेका छैनन्।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार सरकारबाट जारी स्वास्थ्य तथा सुरक्षा मापदण्ड नअपनाउने तथा निर्णयको कार्यान्वयन नगर्ने जोकोहीलाई कारबाही हुने छ। दाहालका अनुसार १९ बुँदे क्रियाकलाप र निषेध गरिएका आठ बुँदे निर्णयविरुद्धका गतिविधि बन्द गरी सङ्क्रमण रोग नियन्त्रण कानुन अनुसार कारबाही हुने छ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू