बिहिबार, साउन १४, २०७८
कोरोना प्रमुख समाचार स्वास्थ्य

नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित फेला

भदौ २६, काठमाडौं । नेपालमा कोभिड-१९ का एकहजार ४५४ सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा पाँचजनाकाे ज्यान गएकाे छ । याेसँगै काेराेनाकाे कारणले मृत्यु भएकाकाे संख्या ३२२ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित ५१ हजार ९१९ पुगेको जनाएको छ । पहिलो सङ्क्रमित फेला परेको करिब सात महिनापछि कुल सङ्क्रमित नाघेको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ९७२ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । उक्त संख्यासँगै सङ्क्रमणमुक्त हुने ३६ हजार ६७२ पुगेको छ । सङ्क्रमित निको हुने दर ७१ प्रतिशत पुगेको छ । मन्त्रालयले प्रेस ब्रिफिङमा हाल १४ हजार ९२५ जनामा सङ्क्रमण सक्रिय रहेको जनाएको छ । आइसोलेसनमा १४ हजार ९२५ जना र क्वारेन्टिनमा छहजार ७८ रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै सङ्क्रमित काठमाडौँ उपत्यकाका छन् ।

कुल १० हजार ७०१ नमूना परीक्षण गर्दा देशभर आज ४६३ महिला र ९९१ पुरुष गरी एक हजार ४५४ सङ्क्रमित फेला परेका मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो । यससँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या ५१ हजार ९१९ पुगेको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू