बुधबार, असार २, २०७८
प्रमुख समाचार विश्व

इजरायल र बहराइनबीच शान्ति सम्झौता

भदौ २७, काठमाडौं । इजरायल र खाडी देश बहराइन एकअर्काबीच सम्बन्ध सामान्य बनाउन सहमत भएका छन् । अमेरिकाको पहलमा इजरायल र खाडी देशबीच ‘शान्ति सम्झौता’ भएको हो ।

यसको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वयंले दिएका छन् । ट्रम्पले ट्वीट गर्दै ३० दिनभित्र इजरायलसँग शान्ति सम्झौता गर्ने बहराइन दोस्रो देश भएको बताएका छन् ।

दशकौंदेखि धेरैजसो अरब देशहरुले इजरायललाई बहिस्कार गर्दै आएका छन् । उनीहरु प्यालेस्टिनी विवाद समाधान गरेपछि मात्रै इजरायलसँग सम्बन्ध स्थापित गर्नुपर्ने बताउँछन् । इरानले इजरायलसँग शान्ति सम्झौता गरेर युएईले मुस्लिम देशहरुलाई धोका दिएको आरोप लगाउँदे आएको छ ।

इजरायल-प्यालेस्टिनी संघर्ष समाधान गर्ने उद्देश्यले ट्रम्पले जनवरीमा मध्यपूर्व शान्ति योजना सार्वजनिक गरेका थिए । सोही योजनाअनुसार ट्रम्प इजरायल-युएई र इजरायल-बहराइनबीच सम्झौता गराउन सफल भएको बताइएको छ ।

एक महिनाअघि अमेरिकाकै पहलमा इजरायल र संयुक्त अरब इमिरेट्स (युएई) बीच ऐतिहासिक शान्ति सम्झौता भएको थियो । यसको औपचारिक हस्ताक्षर आउँदो मंगलबार वाशिङ्गटन डिसीमा हुँदै छ । हालै युएईले इजरायलसँग सम्बन्ध सुधारको सम्झौता गरेपछि अब बहराइनले पनि त्यस्तै गर्छ भन्ने अड्कलबाजी सुरु गरिएको थियो ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू